टी-२० विश्वकप छनोट: हङकङ बहराइनसँग पराजित

काठमाडाैं | कात्तिक १४, २०८०

टी-२० विश्वकप छनोट: हङकङ बहराइनसँग पराजित

काठमाडौं:    बहराइनले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई २० रनले हराएको छ । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।


जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अल आउट भयो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।


हङकङले सुरुवात निकै खराब रहेको थियो । पहिलो ओभरको चौथो बलमा मजिद अब्बासीको बलमा ओपनर निजाकत खान ४ रनमा बोल्ड आउट भए । मजिद अब्बासीको बलमा उच्च लयमा रहेका मार्टिन कोट्जी २ रनमा क्याच आउट भएका थिए ।


स्पिनर अली दाउदले बाबर हायतलाई ६ रनमा बोल्ड आउट गरेपछि हङकङ १३-३ को अवस्थामा पुगेको थियो ।


चौथो विकेटका लागि अंशुमन रथ र एजिज खानले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जावेद अनवारले ल्वो फुलटस बलमा एजिजलाई १९ रनमा एलबीडब्लू आउट गरे ।


नस्रुला राना ६ बलमा १ चौका र २ छक्कासहित १६ रनमा आउट भएका थिए । हङकङलाई २४ बलमा जितको लागि ३७ रन चाहिँएको थियो । सुरुवाती चार बलमा तीन रन बटुलेको थियो ।


पाँचौं बलमा जिशान अली २१ रनमा रन आउट भए । उनले ११ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा रिजवानले यासिम मुर्तजालाई ९ रनमा बोल्ड गरेपछि जितको सम्भावना सकिएको थियो ।


बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३.१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।


त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९।३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो । बहराइनको जितमा इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए । उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।


इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो ।


हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३।३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।


हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो । बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ । उता बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ । अन्तिम दिनको नतिजाले सेमिफाइनल निर्धारण गर्नेछ । आजको हारले हङकङको सेमिफाइनल यात्रा कठिन बनेको छ । अन्तिम खेलमा युएईलाई हराउनु पर्नेहुन्छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्